जोर बिजोर लागू गर्न तथा आइतबार पनि सार्वजनिक बिदा दिन आयल निगमको आग्रह

३ बर्ष अगाडि

सरकारलाई नेपाल आयल निगमले इन्धनको खपत गर्नका लागि जोर बिजोर प्रणाली सहित थप एक दिन बिदा दिने प्रस्ताव सहित पत्र लेखेको छ ।

इन्धन मूल्य वृद्धिको मारबाट निगमलाई र देशलाई पनि जोगाउनका निमित्त यस्तो उपाय अबलम्बन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गरिएको निगमले जनाएको छ ।

अत्यवश्यक क्षेत्रबाहेक सरकारी र निजी सवारी साधनमा जोर बिजोर लागू गर्न तथा आइतबार पनि सार्वजनिक बिदा दिन आग्रह गरिएको छ । 

मन्त्रालयलाई १० बुँदामा लिखित माग बुझाउँदै निगमले लेखेको पत्रमा पेट्रोलियममा भन्सार शुल्क, मूल्य अभिवृद्धि कर र पूर्वाधार विकास शुल्क घटाउन माग पनि गरिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया