भारतमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य,प्रतिलिटरको कति ?

३ बर्ष अगाडि

काठमाडौं, भारतमा फेरि पेट्रोल र डिजेलको मूल्य बढेको छ । आज (मंगलबार) भारतमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ ।

आज पेट्रोलको मूल्य प्रतिलिटर ८० पैसा र डिजेलको मूल्य ७० पैसा बढेको छ ।  हालसम्म पेट्रोल(डिजेल प्रतिलिटर भारु ४.८० ले महँगो भएको छ। मूल्य बढेपछि दिल्लीमा पेट्रोलको मूल्य अहिले भारु ९९.४१ बाट बढेर १००.२१  प्रतिलिटर पुगेको छ भने डिजेलको मूल्य ९०.७७ प्रतिलिटरबाट बढेर ९१.४७ पुगेको छ।

मुम्बईमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८५ पैसा र ७५ पैसाले बढेको छ। यहाँ बढेको मूल्य अनुसार पेट्रोललाई प्रतिलिटर ११५.०४ र डिजेललाई प्रतिलिटर ९९.२५ तिर्नुपर्नेछ। 

३ बर्ष अगाडि

प्रतिक्रिया