एजेन्सी - चीनले कोरोना परिक्षणको लागि नौ दिन लकडाउन गर्ने भनेपछि अन्तराष्ट्रिय बजारमा माग कम हुँदा कच्चा तेलको मूल्य घटेको छ । कच्चा तेलको मूल्य प्रति ब्यारल ४ डलरले घटेको छ ।
चीनमा कोरोना संक्रमण फैलिँदै गएपछि सांङ्घाइ लगायतका सहरमा कोरोना परिक्षण गर्न सरकारले नौ दिन लामो लकडाउन घोषणा गरेको छ ।
चीन कच्चा तेलको उपभोग तथा खरिद बिक्री गर्ने संसारका ठूला राष्ट्रहरु मध्यको दोस्रो स्थानमा रहेको छ । देश लकडाउनमा गएपछि पेट्रोलियम पदार्थको माग पनि घटेको छ । जसकारण अन्तराष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ ।
अन्तराष्ट्रिय तेल खरिदकर्ता बे्रन्ट क्रुडले ११६ डलर प्रति ब्यारलमा कारोबार गरिरहेको छ । यसअघि क्रुडले ११९.८८ डलर प्रति ब्यारलमा कारोबार गरेको थियो ।
त्यसैगरी अमेरिकी तेल खरिद तथा बिक्रीकर्ता वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटी आइ) ले १०९.३० डलर प्रति ब्यारलमा कारोबार गरेको छ । यस अघि डब्लुटी आइले ११३ डलर प्रति ब्यारलमा कारोबार गरिरहेको थियो ।
प्रतिक्रिया