एजेन्सी - युक्रेनमाथि आक्रमण सुरु गरेदेखि नै रुसमाथि धमाधम अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाउन थालिएको छ ।
अमेरिकी डलरमा हुने रुसको तेलको व्यापार पनि घटेको छ । रुसले आफ्नो तेल र ग्यास बिक्रीका लागि नयाँ खरिदकर्ताहरु फेला पारेको छैन । यद्यपि, रुसलाई भारत र चीनबाट आशा छ ।
रुसले यस्ता खरिदकर्ताहरु खोजिरहेको छ । जोसँग सम्झौता गर्दा डलर वा युरोको आवश्यक नपरोस् ।
यसैबीच रुसलाई फ्रान्सबाट ठूलो झट्का लागेको छ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले रुसी ग्यास खरिदका लागि रुबलमा भुक्तानी नगर्ने स्पष्ट पारेको छन् । रुबल रुसको मुद्रा हो ।
अमेरिकी प्रतिबन्धपछि रुसलाई विश्वव्यापी तेलको व्यापार गर्न गाह्रो भएको छ । रुसले विशेषगरी युरोपबाट आफ्नो मुद्रामा ग्यासको कारोबार गर्न चाहन्छ । तर, रुसको माग फ्रान्सले अस्वीकार गरेको छ ।
प्रतिक्रिया