जापानले रुसमाथि लगायो लक्जरी कारको निर्यातमा पनि प्रतिबन्द

३ बर्ष अगाडि

एजेन्सी - जापानले रुसमाथि थप प्रतिबन्द लगाउने क्रममा आफ्नो देशमा उत्पादन भएका लक्जरी कारहरुको निर्यातमा रोक लगाएको छ ।

जापानी समाचार एजेन्सी कोयोदोका अनुसार हप्तादिन पछि लागु हुने गरी जापानले सो प्रतिबन्ध लगाएको हो । 

यस अघि जापानका अटोमेकर कम्पनी टोयोटा मोटर्स र मज्दा मोटर कर्पोरेशनले रुसमा रहेको फ्याक्ट्रीमा उत्पादन कार्य बन्द गरेका थिए ।

यसका साथै टोयोटा र मज्दा ब्रान्डका कारहरुको निर्यातमा पनि प्रतिबन्ध लगाएका थिए । रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि जापानका विभिन्न कम्पनीहरुले रुसमा आफ्नो सेवा प्रदान गर्न बन्द गरेका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया