काठमाडौं - आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
हिजो विहिबार प्रतितोला एक लाख ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार प्रतितोला एका लाख ९०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
हिजो विहिबारको तुलनामा आज शुक्रबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख हजार ४०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ ।
हिजो विहिबार प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भएको चाँदी आज शुक्रबार २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रतिक्रिया