भारतमा फेरी बढ्यो पेट्रोल र डिजेलको मूल्य, प्रतिलिटर कति ?

३ बर्ष अगाडि

काठमाडौं - छिमेकी मुलुक भारतमा पेट्रोल र डिजेलको मूल्य लगातार बढिरहेको छ ।

भारतीय तेल मार्केटिङ कम्पनीहरुले शुक्रबार फेरि मूल्य बढाएका छन् । दिल्लीमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८० पैसाले बढेको छ ।

पछिल्लो चार दिनमा पेट्रोल र डिजेलको मूल्य भारु २.४० ले बढेको छ । यो बढेको मूल्यसँगै भारतको राजधानी दिल्लीमा पेट्रोलको भाउ प्रतिलिट भारु ९७.८१ र डिजेलको भारु ८९.०७ पुगेको छ । 

मुम्बईमा पेट्रोलको प्रतिलिटर ८४ पैसाले बढेको छ र योसँगै नयाँ मूल्य भारु ११२.५१ प्रतिलिटर भएको छ । चेन्नईमा पनि भाउ ७६ पैसाले बढेर भारु १०३.६७ प्रतिलिटर पुगेको छ ।

भारत पेट्रोल र डिजेलको मूल्य राज्यअनुसार फरक हुन्छ किनभने स्थानीय कर दरहरु राज्यअनुसार फरक हुन्छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया