८ महिनामा वीरगञ्जबाट ५३ अर्ब बढीको प्रशोधित तेल भारत निर्यात, सबैभन्दा बढी भटमासको तेल

३ बर्ष अगाडि

काठमाडौं, चालू आर्थिक वर्षको पहिलो ८ महीनामा वीरगञ्जबाट ५३ अर्ब १० करोड रुपैंया प्रशोधित तेल भारत निर्यात निर्यात भएको छ । 

गत आवको सोही अवधीमा १६ अर्ब १८ करोड रुपैयाँबराबरको प्रशोधित तेल भारत निकासी भएकोमा यस वर्ष बढेर तीन गुणाभन्दा बढी मूल्यको खाने तेल निर्यात भएको हो ।  

चालू आवको फागुनसम्ममा सबैभन्दा बढी भटमासको प्रशोधित तेल भारत निर्यात भएको हो । २७ अर्ब ४६ करोड रुपैयाँ बराबरको १ लाख ९ हजार ७३७ मेटिकटन भटमासको तेल निर्यात भएको भन्सार वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । 

यस्तै, २३ अर्ब ३३ करोड रुपैयाँ मूल्य बराबरको ११ करोड ४७ लाख लीटर पाम तेल निकासी भएको छ ।  

गत आवको आठ महीनामा ७३ करोड रुपैयाँको ४ हजार ८८९ मेट्रिक टन सूर्यमुखी तेल निकासी भएको थियो । यो वर्षको २ अर्ब ३० करोड रुपैयाँको ११ हजार ७०० मेट्रिकटन यस्तो तेल भारत निर्यात भएको भन्सारको तथ्यांकमा उल्लेख छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया