काठमाडौं, चालु आर्थिक बर्षको आठ महिनामा साढे १३ सय बढी विद्युतीय चारपाँग्रे गाडी नेपाल भित्रिएका छन् ।
भन्सार विभागले सार्वजनिक गरेको फागुनसम्मको तथ्याङ्कमा १३ सय ५७ ओटा चारपाँग्रे विद्युतीय सवारी नेपाल आयात गरिएको छ ।
विभागको तथ्याङ्क अनुसार १०० किलोवाट माथिका इलेक्ट्रिक जीप र भ्यान ६ सय २५ ओटा आयात भएका छ । १०० देखि १५० किलोवाटसम्मका १३ ओटा चारपाग्रे गाडी भित्रिएको तथ्याङ्कमा उल्लेख छ ।
त्यस्तै सयदेखि दुई सय किलोवाटसम्मका ७१७ ओटा इलेक्ट्रिक चारपाँग्रे गाडी आयात भएको छ । गत बर्ष सयदेखि दुई सय किलोवाटसम्मका गाडी आयात शुन्य थियो । ए रु
भन्सार विभागका अनुसार फागुनमा आयात भएका विद्युतीय गाडी मध्ये भारत र चीनबाट धेरै गाडी आयात भएको पाइएको छ । अहिले भारतबाट विद्युतीय गाडी आयात भइरहेको छ भने चीनबाट बिवाइडी, चेरी लगाएतका गाडी आयात भएका छन । कोरियाबाट हुन्डाई,अमेरिकाबाट टेस्ला गाडी आयात भइरहेको छ ।
जसमा भारतबाट फागुनसम्म ७५७ ओटा,भारतबाट चार सय २४ ओटा, कोरियाबाट १३२, अमेरिकाबाट १५ ओटा , जपानबाट २८ ओटा र फ्रान्सबाट एउटा विद्युतीय गाडी आयात भएको छ ।
प्रतिक्रिया