काठमाडौं- नेपाली बजारमा बिहीबार सुनको मूल्य ह्वात्तै बढेको छ ।
बुधबार प्रतितोला ९९ हजार २०० रुपैंयामा कारोबार भएको सुनको मूल्य बिहीबार तोलामा १ हजार १०० रुपैंयाले बढेर प्रतितोला १ लाख ३०० रुपैंयामा हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य आज ९९ हजार ८०० रुपैंयामा कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा ५ रुपैंयामा बढेर प्रतितोला १ हजार ३७५ रुपैंयामा हुने महासंघले जनाएको छ । हिजो चाँदीको मूल्य १ हजार ३७० रुपैंया रहेको छ ।
प्रतिक्रिया