सुनको मूल्य ११ सयले घट्दा चाँदी २५ रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं - आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । 

हिजो मंगलबार प्रतितोला एक लाख ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार प्रतितोला ९९ हजार २०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

हिजो मङ्गलबारको तुलनामा आज बुधबार सुनको मूल्य प्रतितोला ११०० रुपैयाँले घटे हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ७०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ ।  

हिजो मंगलबार प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भएको चाँदी आज बुधबार २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३७० रुपैयाँमा  कारोबार हुने महासङ्घले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया