काठमाडौं, चालु आर्थिक वर्षको फागुनसम्ममा १३ खर्ब बढीको वस्तु आयात भएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार १३ खर्ब ८ अर्ब ७३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा ३८.६४ प्रतिशतले धेरै हो। गत वर्षको फागुनसम्ममा ९ खर्ब ४३ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो।
गत फागुन महिनामा मात्रै १ खर्ब ६१ अर्ब रुपैयाँको बस्तु आयात भएको भन्सार विभागको तथ्याँकले देखाउँछ। गत पुस महिनामा १ खर्ब ४८ अर्ब रुपैयाँको आयात भएको थियो भने मंसिरमा १ खर्ब ६० अर्ब रुपैयााको आयात भएको थियो।
यसअघि कार्तिकमा यस वर्षकै धेरै १ खर्ब ८८ अर्ब रुपैयाँको बस्तु आयात भएको थियो भने साउन भदौ र असोजमा क्रमश १ खर्ब ६३ अर्ब, १ खर्ब ६४ अर्ब र १ खर्ब ७१ अर्ब रुपैयाँको बस्तु आयात भएको थियो।
यस अवधिमा निर्यात पनि केही बढेको छ। फागुनसम्म्मा १ खर्ब ४७ अर्ब रुपैयाँ बराबरको बस्तु निर्यात भएको छ। गत वर्षको यसै अवधिमा यस्तो निर्यात ८० अर्ब रुपैयाँ मात्रै थियो।
आयात र निर्यात दुबै बढ्दा वैदेशिक व्यापारको हिस्सा भने बढ्दै गएको छ। यस अवधिमा बैदेशिक ब्यापार ४२ प्रतिशतले बढेर १४ खर्ब ५६ अर्ब रुपैयाँ पुगेको छ। जसमा नेपाललाई ११ खर्ब ६० अर्ब रुपैयाँ ब्यापार घाटा छ।
फागुनसम्ममा डिजेलको आयात सबैभन्दा धेरै छ। ८ महिनामा ८७ अर्ब अर्ब ८३ करोड रुपैयाँको आयात भएको छ भने सोयाविन तेल ४३ अर्ब, खाना पकाउने ग्याँस ४० अर्ब र पेट्रोल ३९ अर्ब रुपैयााको आयात भएको छ।
प्रतिक्रिया