हिजो घटेको सुनको आज फेरी बढ्यो, चाँदी स्थिर

३ बर्ष अगाडि

काठमाडौं - आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । 

हिजो आइतबार प्रतितोला ९९ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार प्रतितोला ९९ हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

हिजो आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ ।  

हिजो आइतबार प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भएको चाँदी आज सोमबार पनि सोहि मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया