काठमाडौं - नेपालमा आँपको परनिर्भरता बढ्दै गएको छ । तराई र भित्री मधेसमा आँप खेती गर्न सकिन्छ । तर आयात भने रोकिएको छैन । यस्तै अङ्गुरको आयातमा उल्लेखनीय वृद्धि भएको छ ।
भन्सार विभागको तथ्याङक अनुसार चालु आर्थिक वर्षको पहिलो सात महिनामा ४५ करोड ९२ लाख ६० हजार मूल्य बराबरका विभिन्न जातको ९५ लाख ७४ हजार ५३४ केजी आँप आयात भएको छ । उक्त आँप भारत, थाइल्यान्ड र युगान्डाबाट आयात भएको हो ।
त्यस्तै सोही अवधिमा ४५ करोड ५६ लाख ७७ हजार मूल्य बराबरका सुक्खा र ताजा गरी कूल ४८ लाख ९३ हजार आठ किलोग्राम अङ्गुर आयात भएको तथ्याङ्क छ । नेपालमा विशेष गरी चीन, भारत र इजिप्टबाट अङ्गुरको आयात हुने गर्दछ ।
प्रतिक्रिया