चीनबाट ३ अर्ब २२ करोड २२ लाख को ३ करोड ८३ लाख बढि केजी स्याउकोे आयात, भारतबाट कति ?

३ बर्ष अगाडि

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालमा सबैभन्दा बढी स्याउको आयात भएको छ । 

छिमेकी मुलुक चीनबाट रु तीन अर्ब २२ करोड २२ लाख ३० हजार मूल्यका विभिन्न जातका तीन करोड ८३ लाख ५९ हजार १३३ केजी स्याउ आयात भएको भन्सार विभागले जनाएको छ । 

चालु आर्थिक वर्षको माघ मसान्तसम्म भारतबाट नेपालमा रु एक अर्ब १५ करोड ३२ लाख ५६ हजार मूल्य बराबरको ११ लाख ५३ हजार २५६ केजी स्याउ आयात भएको छ ।

विभागका अनुसार सोही अवधिमा टर्कीबाट रु २६ लाख २५ हजार मूल्य बराबरको स्याउ आयात भएको छ । समग्रमा चालु आर्थिक वर्षको पहिलो सात महिनामा कूल रु चार अर्ब ३७ करोड ८१ लाख ११ हजार मूल्य बराबरको स्याउ आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया