सात महिनामा ६ अर्ब ६० करोड ९१ लाख बढिको फलफूल आयात, चीनबाट मात्रै तीन अर्ब २२ करोड २२ लाख बढिको भित्रियो

३ बर्ष अगाडि

काठमाडौं - चालु आर्थिक वर्षको पहिलो सात महिनामा फलफूलको आयात अकासिएको छ । 

सो अवधिमा रु ६ अर्ब ६० करोड ९१ लाख २८ हजार ६०० मूल्य बराबरका आँप, सुन्तला, कागती, अङ्गुर र स्याउको आयात भएको हो । तीमध्ये सबैभन्दा बढी स्याउको आयात भएको छ । 

छिमेकी मुलुक चीनबाट रु तीन अर्ब २२ करोड २२ लाख ३० हजार मूल्यका विभिन्न जातका तीन करोड ८३ लाख ५९ हजार १३३ केजी स्याउ आयात भएको भन्सार विभागले जनाएको छ । 

नेपाल सरकारले आगामी तीन वर्षमा नेपाललाई फलफूूलमा आत्मानिर्भर बनाउने घोषण आर्थिक वर्ष २०७७/७८ को बजेट पुस्तिकामार्फत घोषणा गरेको थियो ।  

३ बर्ष अगाडि

प्रतिक्रिया