कम मूल्यमा उपलब्ध रुसी तेल किन्न भारतिय कम्पनीहरुको होडबाजी, कुन कम्पनीले कति किन्यो ?

३ बर्ष अगाडि

एजेन्सी - इन्डियन आयल कर्पोरेसन (आईओसी) पछि हिन्दुस्तान पेट्रोलियम कर्पोरेसन लिमिटेड (एचपीसीएल)ले रुसबाट २० लाख ब्यारेल कच्चा तेल खरिद गरेको छ । 

भारतीय तेल रिफाइनरी कम्पनीहरुबीच कम मूल्यमा उपलब्ध रुसी तेल किन्न होडबाजी चलेको हो । आईओसीले जस्तै एचपीसीएलले पनि युरोपेली ट्रेडर भिटोलमार्फत रुसी युराल्स क्रुड ९रुसी निर्यात स्तरको कच्चा तेल० खरिद गरेको स्रोत बताउँछ । 

यीबाहेक मंगलोर रिफाइनरी एण्ड पेट्रोकेमिकल्स लिमिटेड (एमआरपीएल) ले यस प्रकारको १० लाख ब्यारेल कच्चा तेल खरिद गर्न टेन्डर जारी गरेको छ । 

युक्रेनमा रुसले गरेको आक्रमणलाई लिएर पश्चिमी देशहरुले लगाएका विभिन्न प्रतिबन्धका कारण धेरै कम्पनी र देशहरुले रुसी तेल खरिद गर्नबाट रोक लगाएका छन् । जसका कारण रुसी कच्चा तेलको मूल्य घटेको छ र बजारमा ठूलो छुटमा उपलब्ध छ ।

यही अवसरको फाइदा उठाउने उद्देश्यले भारतीय रिफाइनरी कम्पनीहरुले सस्तो मूल्यमा तेल खरिद गर्न टेन्डर जारी गरेका छन् । सस्तो रुसी तेल भण्डारण गर्ने व्यापारीहरु यी टेन्डरहरूका लागि सफल बोलपत्रकर्ताको रुपमा देखा परेका छन् । 

स्रोतका अनुसार भारतको सबैभन्दा ठूलो पेट्रोलियम कम्पनी आईओसीले गत हप्ता भिटोलमार्फत मे डेलिभरीका लागि रुसी कच्चा तेल खरिद गरेको थियो । कम्पनीले यो तेल प्रतिब्यारेल २० देखि २५ डलरले सस्तो पाएको छ। यस सातापछि एचपीसीएलले २० लाख ब्यारेल युराल्स कच्चा तेल खरिद गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया