हिजो ९९ हजार ८०० मा कारोबार भएको सुन आज पनि सोही मूल्यमा कारोबार हुने, घट्यो चाँदी

३ बर्ष अगाडि

काठमाडौं - आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । हिजो प्रतितोला ९९ लाख ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि प्रतितोला ९९ हजार ८०० रुपैयाँमा नै कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ३०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने घटेको छ । हिजो विहीबार प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भएको चाँदी आज शुक्रबार प्रतितोला ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३८५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया