काठमाडौं-नेपाल आयल निगमले ४० औं वार्षिक साधारण सभा चैत २५ गते हुने भएको छ । चैत २ गते बसेको सञ्चालक समितिको बैठकले सभा निगमको सभाकक्ष टेकु काठमाडौंमा दिउँसो १ बजेबाट हुने निर्णय गरेको छ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ । साथै सभाले शेयरधनीबाट प्रनिधित्व गर्ने १ जना र संचालकमा प्रतिधित्व गर्ने १ जना गरी २ जना प्रतिनिधि समेत तोक्ने कार्यसूचि रहेको छ ।
प्रतिक्रिया