पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढे पनि २८.५७ रुपैयाँ घाटा

३ बर्ष अगाडि

काठमाडौैं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । 

निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले बुधबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको हो। योसँगै अब अब प्रतिलिटर पेट्रोल १५५ रुपैयाँ तथा डिजेल र मट्टीतेलको १३८ रुपैयाँ पुगेको छ । पेट्रोल र डिजेलको यो मूल्य अहिलेसम्मकै उच्च पनि हो । 

आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढेको छ । हवाई इन्धन प्रतिलिटर १५१ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २०० डलर बढेको छ। योसँगै प्रतिकिलोलिटर मूल्य १४९५ अमेरिकी डलर पुगेको छ। 

मूल्यवृद्ध गरे पनि पेट्रोलमा प्रतिलिटर २८.५७  रुपैयाँ र डिजेलमा ३२.१५ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । मट्टीतेलमा भने निगमलाई प्रतिलिटर २४.३४ रुपैयाँ नाफा रहेको छ । एलपी ग्यासमा पनि प्रतिसिलिन्डर निगमलाई ६६.३४  रुपैयाँ घाटा रहेको निगमको दाबी छ । हवाई इन्धनमा पनि निगमलाई नाफा छ। 

३ बर्ष अगाडि

प्रतिक्रिया