चैत लागे सँगै घट्न थाल्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं - नेपाली बजार चैत लागे सँगै सुनको मूल्य घट्न थालेको छ । हिजो चैत एक गते मंगलबार प्रतितोला एक लाख ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

हिजो मंगलबारको तुलनामा आज बुधबार सुनको मूल्य प्रतितोला १२०० रुपैयाँले घटेको हो । हिजो प्रतितोला १८०० ले घटेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ८०० रुपैयाँ रहेको छ ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । हिजो मंगलबार प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी आज बुधबार प्रतितोला १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया