एजेन्सी - कच्चा तेलको भाउ अन्तराष्ट्रिय बजारमा घट्ने क्रममा छ । आपूर्तिमा अवरोध आउने संभावना अलि कम भएको र चीनमा २ वर्षयताकै उच्च कोरोना भाइरसको संक्रमण देखिएको खबरले झन्डै तीन हप्तामा पहिलो पटक मंगलबार कच्चा तेलको मूल्य सय डलरभन्दा तल झरेको हो ।
मंगलबारको कारोबारमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ९७ डलर ४४ सेन्टसम्म आएको थियो । यो समाचार तयार गर्दा साँझ साढे बजे आससपास ब्रेन्ट क्रुडको मूल्य ५ दशमलव ९ प्रतिशतले को कमी आइ प्रतिब्यारेल ९९ डलर ५६ सेन्टमा थियो ।
मंगलबारको कारोबारमा अमेरिकी बेञ्चमार्क प्रतिब्यारेल ९३ डलर ५४ सेन्टसम्म आएको थियो । यो फेब्रुअरी २५ यताकै न्यून हो । अघिल्लो दिन चीनमा कोभिडको दैनिक संक्रमण बढेको खबरका कारण तेलको भाउमा ५ प्रतिशतको कमी आएको थियो ।
प्रतिक्रिया