एजेन्सी - युक्रेन र रुसको द्वन्द्व चर्किँदै गएपछि विश्व बजारमा कच्चा तेलको मूल्यमा भारी मूल्यका साथ वृद्धि भएको छ ।
यो सँगै युक्रेन र रुस द्वन्द्वका कारण अमेरिका, बेलायत तथा युरोपियन मुलुकहरूले रुसी तेलमा प्रतिबन्ध लगाएका छन् । हाल पश्चिमा मुलुकहरूले रुस एक्ल्याउँदै गएका छन् ।
यसैबीच भारतका दुई उच्च अधिकारीले भारत सरकारले रुसबाट सस्तो मूल्यमा तेल आयात गर्नसक्ने जनाएका छन् । भारतले विश्व बजारबाट ८० प्रतिशत तेल आयात गर्छ ।
जसमा ३ प्रतिशत रुसबाट मात्रै आयात गर्छ । भारत सरकारले मूल्य घटाएर दिएमा रुसी तेल आयात बढाउन सक्ने जनाएको छ । नेपालले पनि भारतबाट तेल आयात गर्ने भएकोले यसलाई निकै चासोका हेरिएको छ ।
भारतले सस्तो मूल्यमा रुसी तेल आयात गरेमा नेपालमा पनि इन्धनको भाउ घट्न सक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया