चैतको पहिलो दिनै ह्वात्तै घट्यो सुनचाँदीको मूल्य,कतिमा हुदैंछ कारोबार ?

३ बर्ष अगाडि

काठमाडौ, चैत महिनाको पहिलो आज मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । 

हिजो सोमबार प्रतितोला १ लाख २ हजार ३०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज तोलामा १ हजार ८०० रुपैंयाले घटेर प्रतितोला १ लाख ५०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य आज तोलाको ठक्कै १ लाख रुपैंया रहेको छ ।

यस्तै,चाँदीको मूल्य पनि आज तोलामा ३५ रुपैंयाले ओरालो लागेको हो । हिजो प्रतितोला १ हजार ४१५ रुपैंया रहेको चाँदीको मूल्य घटेर १ हजार ३८० रुपैंयामा कारोबार हुन महासंघले जनाएको हो । 

३ बर्ष अगाडि

प्रतिक्रिया