कच्चापदार्थको मूल्य बढ्दा दानाको मूल्य पनि वृद्धि, कति ?

३ बर्ष अगाडि

काठमाडौं-कच्चापदार्थको मूल्य बढ्दा दानाको भाउ पनि बढेको छ । नेपाल दाना उद्योग संघले कच्चापदार्थको मूल्य बढ्दा दानाको भाउ पनि बढेको स्ष्ट पारेको हो ।

संघले विज्ञप्ति जारी गर्दै पशुपन्छीको आहारमा प्रयोग हुने धेरैजसो कच्चापदार्थको मूल्य बढेसँगै दानाको पनि मूल्य बढेको जनाएको छ। ‘विगत २ महिनादेखि सदर १०० रुपैयाँ प्रतिकेजी रहेको भटमास पिना ११५ र ३८–३९ रहेको मकैको रेट ४७ रुपैयाँ प्रतिकेजी रहेको छ, जसका कारण दानाको उत्पादन लागत बढेको छ भने कृषकले उत्पादन गर्ने कुखुरा र अन्डाको लागत  मूल्य पनि बढेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘मासु र अन्डा उत्पादन लागतमा दानाको ६० प्रतिशतको हाराहारी योगदान रहन्छ।’

दाना बनाउन आवश्यक पर्ने फिड सप्लिमेन्टहरुमा २५ प्रतिशतदेखि ३० प्रतिशतसम्म वृद्धि भएको विज्ञप्तिमा उल्लेख छ। ‘मकै करिब ६० प्रतिशत खपत हुन्छ भने भटमासको पिनाको खपत दाना उत्पादनमा लगभग २५–३२ प्रतिशत हुन जान्छ, त्यसैले यसको प्रत्यक्ष प्रभाव दानाको मूल्यमा पर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान बजारमा तयारी दानाको उत्पादन लागत मकै र भटमासको पिनाको मुल्य बृद्धिबाट वढि प्रेरित देखिन्छ।’

दानामा लागत घटाउन भटमासको पिनामा लाग्दै आएको कर ९ प्रतिशतबाट घटाएर पुरानै दर १.६ प्रतिशत हुनुपर्ने संघको माग छ।

यसैगरी मकैमा लाग्दै आएको कर ५ प्रतिशतबाट घटाई पुरानै दर १।६ प्रतिशत कायम हुनुपर्ने, औषधीमा लाग्दै आएको कर १० प्रतिशतबाट घटाएर पुरानै दर १ प्रतिशत कायम हुनुपर्ने, दीर्घकालीन रुपमा यी र यस्ता समस्याहरु समाधान गर्न बृहत रुपमा मकै तथा भटमास खेतीलाई प्रत्साहन गर्न सरकारको ध्यानाकर्षण गराउने संघले जनाएको छ। 

३ बर्ष अगाडि

प्रतिक्रिया