काठमाडौं- पाँच तारे होटल तारागाउँ रिजेन्सी (होटल हायात) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्रिय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार होटलले चालु आवको पुस मसान्तसम्ममा कर अघि १२ लाख ५९ हजार रुपैयाँ खुद नोक्सानी ब्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधीसम्म होटलले ८ करोड ७५ लाख ८३ हजार रुपैयाँ नोक्सानी ब्यहोरेको थियो ।
होटलले ६ महिना अवधिमा ३ करोड ४ लाख ६८ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । ह्रासकट्टी र ऋण ब्इाज मात्रै ३ करोड १७ लाख बुझाउँदा होटल नोक्सानीमा पुगेको हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा ५ करोड ११ लाख ६८ हजार नोक्सानीमा रहेको थियो ।
यस अवधिमा होटलको ६ महिनामा २६ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ भने अन्य आम्दानीबाट ४ करोड ८० लाख ९६ हजार गरी कुल ३१ करोड २८ लाख ५५ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको छ । यस अवधिमा होटलको कुल खर्च २८ करोड २३ लाख रहेको छ । सञ्चालन र अन्य खर्च १७ करोड ८२ लाख ७१ हजार र प्रशासनिक खर्च १० करोड ४१ लाख १५ हजार गरेको छ ।
चुक्ता पूँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँ रहेको होटल घाटामा पुगेसँगै वार्षिक प्रतिशेयर आम्दानी ०.१३३५ रुपैयाँ ऋणात्मक रहेको छ । होटलको प्रतिशेयर नेटवर्थ ११६.१५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तीको मूल्य १६९.९४ रुपैयाँ, त्रैमासको अन्त्यमा प्रतिशेयर बजार मूल्य ३६६ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५४८० गुणा छ ।
प्रतिक्रिया