आइतबार पनि बढ्यो सुनचाँदीको मूल्य, प्रतितोलाको कारोबार कतिमा हुदैँ ?

३ बर्ष अगाडि

काठमाडौं-साताको पहिलो कारोबारको दिन (आइतबार) पनि नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

गत साता अर्थात शुक्रबार प्रतितोलामा ६०० रुपैंयाले बढेको सुनको मूल्य आज पनि तोलामा २०० रुपैंयाले बढेको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । शुक्रबार तोलाको १ लाख २ हजार ६०० रुपैंया रहेको सुनको मूल्य २०० रुपैंयाले बढेर प्रतितोलाको १ लाख २ हजार ८०० रुपैंया पुगेको महासंघले जनाएको हो ।

तेजावीको सुनको मूल्य १ लाख २ हजार ३०० रुपैंया रहेको छ ।

यस्तै,महासंघका अनुसार चाँदीको मूल्य पनि प्रतितोलामा १० रुपैंयाले वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ४२५ रुपैंया कायम भएको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया