यस साता सुनको मूल्य २७ सयले उकालो लाग्यो, प्रतितोला कतिमा हुदैछ कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं- यस साता नेपाली बजारमा सुनको मूल्य तोलामा २७ सय रुपैयाँले बढेको छ । 

गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य २७ सय रुपैयाँले महँगिएको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । गत साता छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ९०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा प्रतितोला मूल्य १ लाख २ हजार ६०० रुपैयाँ पुगेको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला १४ सय १५ रुपैयाँ पुगेको छ ।

यरोएसियाली मुलुक रुस र युक्रेन आपसी युद्धमा होमिएपछि विश्वभर सुनको मूल्य निरन्तर बढिरहेको छ । रुसले युक्रेनमा आक्रमण गर्नुअघि सुनको मूल्य तोलामा ९० हजार रुपैयाँ आसपास थियो । तर, त्यसयता निरन्तर बढेर एक लाखभन्दा माथि पुगिसकेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया