काठमाडौं, चालु आर्थिक वर्षको सात महिनामा नेपालमा करिब साढे ५ खर्ब विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ । चालु आर्थिक वर्षको सात महिनामा रेमिट्यान्समा ४.९ प्रतिशतले कमी आई रु.५ खर्ब ४० अर्ब १२ करोड कायम भएको छ । नेपाल राष्ट्र बैंकले आजै सार्वजनिक गरेको चालु आवको माघम महिनासम्मको तथ्यांकले यस्तो देखाएको हो ।
गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले कमी आई ४ अर्ब ५३ करोड कायम भएको छ । गत वर्ष यस्तो आप्रवाह ६.८ प्रतिशतले बढेको थियो ।
यस्तै, माघ मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भएको छ । सो अवधीसम्म २ लाख १०२ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् । गते वर्षको सोही अवधिमा यस्तो संख्या ८५.४ प्रतिशतले घटेको थियो ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २६५.९ प्रतिशतले वृद्धि भई १लाख ५२, हजार ३२५ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७३.१ प्रतिशतलेघटेको थियो ।
प्रतिक्रिया