हिजो ३५ सयले घटेको सुनको मूल्य आज फेरी बढ्यो, कतिमा हुदैँछ कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं- शुक्रबार सुनचाँदी दुवैको मूल्य बढेको छ ।

हिजो अर्थात बिहीबार तोलामा ३ हजार ५०० रुपैंयाले घटेको सुनको मूल्य आज फेरी बढेर प्रतितोलाको मूल्य १ लाख २ हजार ६०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । शुक्रबार सुनको मूल्य तोलामा ६०० रुपैंयाले बढेको हो । हिजो सुनको कारोबार प्रतितोला १ लाख २००० रुपैंयामा भएको थियो ।

तेजावी सुनको मूल्य आज १ लाख २ हजार १०० रुपैंया पुगेको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैंयाले बढेर प्रतितोला १ हजार ४१५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मूल्य १ हजार ४०५ रुपैंया रहेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया