जगदम्बा स्पिनिङ्ग मिल्समा आागलागीबाट ४ करोडको नोक्सानी

३ बर्ष अगाडि

सौरभ ग्रुप अन्तर्गतको ३०० करोड लगानी भएको जगदम्बा स्पिनिङ्गग मिल्स लि.मा विद्युतीय शर्ट शर्किट भई  फागुन २५ गते बिहान ३ बजे आगलागी हुँदा उद्योगको टि.एफ.ओ मेसिन, विद्युत प्यानेल, विद्युतीय तारहरु नष्ट भएको छ । 

सही समयमा सिद्धार्थ न.पा.का र लुम्बिनी संस्कृति न.पा.का दुईवटा दमकलको साथै उद्योग भित्र रहेका आगो निभाउने सन्यन्त्र प्रयोग गरी समयमै आगो निभाउने काम गरियो। उक्त कार्यमा ईलाका प्रहरी कार्यलय बेथरीबाट पनि आगो निभाउने काममा ठुलो सहयोग प्राप्त भएको थियो। उद्योगमा कार्यरत ६५० भन्दा बढी कामदार तथा कर्मचारी बीच भागदौड हुँदा पाँच जना कर्मचारी सामान्य घाइते भएका छन्।
 

३ बर्ष अगाडि

प्रतिक्रिया