आयल निगमको रिक्त कार्यकारी निर्देशक पदमा तीन जनाको नाम सिफारिस, को - को ?

३ बर्ष अगाडि

काठमाडौं - नेपाल आयल निगममा रिक्त कार्यकारी निर्देशक पदका लागि तीन जनाको नाम सिफारिस भएको छ ।

कार्यकारी निर्देशक छनोट समितिको बैठकले गोरखाका चण्डिकाप्रसाद भट्ट, तेह्रथुमका जीवनप्रकाश सिटौला र सुर्खेतका उमेशप्रसाद थानीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको हो ।

उक्त पदका लागि आवेदन दिएका १६ उम्मेदवार मध्ये एक जना प्रतिस्पधाबाटै बाहिरीएका थिए । बाँकी रहेका १५ आवेदक सहभागी प्रतिष्पर्धामा सबै भन्दा बढी अंक प्राप्त गर्ने तीन सदस्यको नााम वर्णानुक्रमअनुसार सिफारिस गरिएको छनोट समितिले जनाएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया