रात्रिकालीन व्यवसाय रातभर सञ्चालन गर्न पाइने, डान्सबारमा अश्लिलता प्रदर्शन हुने गरी नाँच्न नपाइने

४ बर्ष अगाडि

काठमाडौं - रात्रिकालीन व्यवसाय रातभर सञ्चालन गर्न पाइने दिने भएको छ ।  गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै रात्रिकालीन व्यवसायमा लगाइँदै आएको समय सीमा हटाएर २४ सैं घण्टा चल्न दिने निर्णय गरेको हो । 

गृहको निर्णयसँगै अब होटल, रेस्टुरेन्ट, डान्स, दोहोरी क्लब, लाउन्ज बारलगायतका सबै रात्रिकालीन व्यवसाय २४ सै घण्टा सञ्चालन पाउने भएका छन् ।

तर, मापदण्डमा डान्सबार तथा नृत्य प्रस्तुत हुने स्थानमा अश्लिलता प्रदर्शन हुने गरी नाँच्न नपाइने भनिएको छ । यसअघि प्रहरी प्रशासनले राती १० बजेपछि कुनै पनि रात्रिकालीन व्यवसाय सञ्चालन गर्न रोक लगाएको थियो ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया