हिजो इतिहासको उच्च विन्दुमा पुगेको सुनको मूल्य आज ३५ सयले घट्यो, कतिमा हुँदैछ कारोबार

४ बर्ष अगाडि

काठमाडौं - आज विहीबार सुनको मूल्य घटेको छ । हिजो बुधबार अहिले सम्मकै उच्च भएको सुनको मूल्य आज घटेको हो । 

हिजो बुधबार प्रतितोला एक लाख ५ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज विहीबार प्रतितोला एक लाख २ हजार रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

हिजो बुधबारको तुलनामा आज विहीबार सुनको मूल्य प्रतितोला ३ हजार ५०० रुपैयाँले घटेको हो ।  महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ५०० रुपैयाँ रहेको छ ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । हिजो बुधबार प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोबार भएको चाँदी आज विहीबार प्रतितोला ४५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।  

४ बर्ष अगाडि

प्रतिक्रिया