सुनचाँदी ब्यवसाय सञ्चालनका लागि प्रष्ट नीति नियम तर्जुमा गर्न सरकारसँग आग्रह

३ बर्ष अगाडि

काठमाडौं - सुनचाँदी ब्यवसायीहरुले ब्यवसाय सञ्चालनका लागि प्रष्ट नीति नियम तर्जुमा गर्न सरकारसँग आग्रह गरेका छन् ।

महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले बुधबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रेम कुमार राईसँग भेटगरी प्रष्ट नीति वनाउन आग्रह गरेको हो ।

सुनचाँदी ब्यवसाय र यसको कारोबारका लागि हालसम्म पनि प्रष्ट नीति वन्न नसक्दा ब्यवसाय सञ्चालनमा बाधा पुगको भन्दै महासंघका अध्यक्ष शाक्यले सरकारले सुनचाँदी कारोबारको निर्देशिका बनाएमा त्यसलाई अक्षरस पालनागरी अगाडि बढ्न ब्यवसायीहरु तयाररहेको बताए । आफुहरुले दशौं बर्षदेखि यस बिषयमा आवाज उठाउँदै आएको भएपनि हालसम्म त्यसको स्रोबोधन हुन नसकेको उनको भनाई छ ।

सुनचाँदी ब्यवसायीसँगको भेटकाक्रममा महानिर्देशक श्रेष्ठले कुनै पनि पेशा ब्यवसाय सञ्चालनकालागि प्रष्ट नीति नियम आवश्यक पर्ने कुरा स्वीकार गर्दै सुनचाँदी ब्यवसाय, ब्यवसायी र आम उपभोक्ता सरोकारलाई समेत समेट्ने गरी नीति वनाउन आफूले पहल गर्ने प्रतिवद्धता जनाए । 

भेटकाक्रममा ब्यवासायीहरुले सुनचाँदी ब्यवसायीले भोग्दै आउनुपरेका समस्याहरुका बारेमा महानिर्देशक श्रेष्ठको ध्यानाकर्षण गराएका थिए ।

३ बर्ष अगाडि

प्रतिक्रिया