नेपाली बजारमा अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट कति ?

४ बर्ष अगाडि

काठमाडौं- नेपाली बजारमा अण्डाको खुद्रा मूल्य बढेको छ। यसअघि प्रतिगोटा १५ रुपैयाँ  रहेको अण्डाको मूल्य प्रतिगोटामा १ रुपैंया बढेर प्रतिगोटा १६ रुपैयाँ पुगेको छ । 

नेपाल अण्डा उत्पादक संघले आज बुधबारदेखि लागू हुने अण्डा गोटामा १ रुपैयाँ र क्रेटमा ३५ रुपैयाँ बढाएको हो। 

प्रतिक्रेट ठूलो अण्डा ३९५ र मिडियम ३६५ रुपैयाँ बिक्री मूल्य निर्धारण गरिएको संघले जनाएको छ। माघमा प्रतिक्रेट ठूलो अण्डा ३६५ रुपैयाँ र मिडियम ३३५ रुपैयाँ थियो। 

संघद्वारा जारी विज्ञप्तिमा उत्पादनमा महँगिएको लागतसँग सन्तुलन मिलाउन संघको मंगलबार बसेको विशेष बैठकले अण्डाको बिक्री मूल्य नयाँ निर्धारण गरिएको उल्लेख छ। 

४ बर्ष अगाडि

प्रतिक्रिया