सुनको मूल्य अहिलेसम्मकै उच्च, पुग्यो प्रतितोला एक लाख ५ हजार ५००

३ बर्ष अगाडि

काठमाडौं - आज बुधबार नेपाली बजारमा सुनको मूल्यवृद्धि अहिले सम्मकै उच्च भएको छ । हिजो मंगलबार प्रतितोला एक लाख ३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार प्रतितोला एक लाख ५ हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

हिजो मंगलबारको तुलनामा आज बुधबार सुनको मूल्य प्रतितोला २ हजार ५०० रुपैयाँले बढेको हो । यो नेपाली बजारमा सुनको अहिलेसम्मकै महँगो मूल्य हो । यसअघि सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँसम्म पुगेको थियो । सोपश्चात पुनः ९० हजारभन्दा तल झरेको थियो ।

पछिल्लो समय रुस र युक्रेनको द्वन्द्वका कारण सुनको भाउ दैनिक रुपमा बढ्न थालेको छ । डलरको भाउ महँगो हुँदा समेत सुनको भाग महँगिदै गएको छ । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ५ हजार रुपैयाँ रहेको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो मंगलबार प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भएको चाँदी आज बुधबार प्रतितोला ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।  

३ बर्ष अगाडि

प्रतिक्रिया