काठमाडौं - चालु आर्थिक वर्षको सात महिनामा मात्र झन्डै ३९ क्विन्टल सुन भित्रिएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार साउनदेखि माघसम्म ३ हजार ८ सय ८३ किलो सुन आयात भएको हो ।
यति सुन भित्र्याउन करिब २७ अर्ब ६२ करोड ८३ लाख रुपैयाँ बाहिरिएको छ । यस वर्ष सात महिनामा भित्रिएको परिमाण बराबरको सुन पोहोर पूरा वर्षमा मात्र भित्रिएको थियो । गत आर्थिक वर्षमा ३ हजार ९ सय ४५ किलो सुन आयात भएको थियो । त्यसका लागि देशबाट २७ अर्ब ४८ करोड ६१ लाख रुपैयाँ बाहिरिएको थियो ।
आइतबार मात्र नेपाल राष्ट्र बैंकले सुन आयातमा कडाइ गरेको छ । पहिले दैनिक २० किलो सुन ल्याउन पाउनेमा अब १० किलो मात्र ल्याउन पाइनेछ । हामीकहाँ विदेशी मुद्राको सञ्चिती कम हुँदै गएको अवस्थामा आयात कम गर्न सुनमा कडाइ गरिएको हो ।
प्रतिक्रिया