रुसलाई ५ हजार ५३२ वटा अन्तर्राष्ट्रिय प्रतिबन्ध, प्रतिबन्ध खेप्ने देशहरूको शीर्ष स्थानमा

४ बर्ष अगाडि

एजेन्सी - रुसलाई ५ हजार बढि प्रतिबन्ध लगाइएको छ । अन्तर्राष्ट्रिय प्रतिबन्धबारे अभिलेख राख्ने वेबसाइट Castellum.ai का अनुसार हाल रुसविरुद्ध कुल ५ हजार ५३२ वटा अन्तर्राष्ट्रिय प्रतिबन्धहरू लगाइएका हुन् । 

गत फेब्रुअरी २२ अगाडि नै रुसमाथि २ हजार ७५४ वटा प्रतिबन्ध लगाइएका थिए । तर युक्रेनमा आक्रमणपछि रुसमाथि थप २ हजार ७७८ वटा प्रतिबन्ध लगाइएको उक्त साइटले जनाएको छ । 

यो सँगै रुस विश्वमै सर्वाधिक अन्तर्राष्ट्रिय प्रतिबन्ध खेप्ने देश बनेको छ । युक्रेनमा आक्रमण गरेपछि सर्वाधिक अन्तर्राष्ट्रिय प्रतिबन्ध खेप्ने देशहरूको सूचीमा रुस शीर्ष स्थानमा पुगेको हो । 

यसअघि सर्वाधिक अन्तर्राष्ट्रिय प्रतिबन्ध खेप्ने देशहरूको सूचीको शीर्ष स्थानमा इरान थियो । इरानविरुद्ध ३ हजार ५१६ वटा प्रतिबन्ध लगाइएका छन् । 

 

४ बर्ष अगाडि

प्रतिक्रिया