डाबर वाटिका नेचुरल्स श्याम्पु सार्वजनिक

३ बर्ष अगाडि

काठमाडौं - डाबर नेपालले डाबर वाटिका नेचुरल्स श्याम्पुको नयाँ रेन्ज हायाट प्लेस्, काठमाण्डौमा एक कार्यक्रमबीच सार्वजनिक गरेको छ । 

यो ब्रान्डको अनावरण डाबर वाटिका नेचुरल्स श्याम्पुको सेलिब्रिटी ब्रान्ड एम्बेसेडर स्वस्तिमा खड्काका साथै डाबर नेपालका व्यापार प्रमुख एचएस बेदी, मार्केटिङ प्रमुख अभय र्गोखाली र ब्रान्ड प्रबन्धक सलीना शर्माद्वारा गरिएको थियो । 

डाबर नेपालले नेपाली श्याम्पु बजारमा आफ्नो उपस्थिति जनाउँदै नेपाली उपभोक्तालाई उच्च गुणस्तरीय वाटिका श्याम्पू उपलब्ध गराएको छ । डाबर वाटिका नेचुरल्स श्याम्पु तीनवटा भेरियन्टमा पाइन्छ – ब्ल्याक शाइन श्याम्पु कालो र चम्किलो कपालका लागि, थिक एन्ड लङ श्याम्पु बाक्लो र लामो कपालको लागि र एन्टी डेन्ड्रफ श्याम्पु चाँयामुक्त कपालको लागि बनाइएको छ । 

हरेक भेरियन्टमा १० वटा खास चुनिएको प्राकृतिक तत्वहरुले भरिपूर्ण छन् जसले कपालको विशेष समस्याहरुको समाधान गर्छ र कपाललाई नरम बनाउनुका साथै क्लिङसिङ र कन्डिसियनिङ दिन्छ । 

डाबर वाटिका नेचुरल्स श्याम्पु १७० एमएल, ३३० एमएल र ६५० एमएलका बोतल आर्कषक मूल्यमा बजारमा उपलब्ध छ भने ७ एमएल र ३।५ एमएलको स्यासेमा पनि उपलब्ध छ । ३३० एमएलको बोतलमा पम्पको सुविधा पनि रहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया