रुसले अरु देशलाई हरेक दिन कति दिन्छ तेल र ग्यास ?

३ बर्ष अगाडि

एजेन्सी - रुस अमेरिका र साउदी अरेबियापछि विश्वको तेस्रो ठूलो तेल उत्पादक राष्ट्र हो । विश्वको तेल आपूर्तिको लगभग ८–१० प्रतिशत रुसबाट आउँछ ।

रुसले हरेक दिन ४० देखि ५० लाख ब्यारेल कच्चा तेल र ८ हजार ५०० अर्ब घनफिट प्राकृतिक ग्यास निर्यात गर्छ । यसको धेरैजसो हिस्सात युरोपमा जान्छ । रुसले युरोपियन युनियनमा ४० प्रतिशत ग्यास र ३० प्रतिशत तेल निर्यात गर्छ । जसको आपूर्ति अवरुद्ध भए विकल्प खोज्न सजिलो हुने छैन ।

विश्व ऊर्जा बजारमा रुसको महत्वपूर्ण भूमिकाका कारण अमेरिका र युरोपेली संघले रुसको तेल र ग्यास उद्योगमा पूर्ण प्रतिबन्ध लगाउन सकेका छैनन् । यसैलाई ध्यानमा राख्दै सोमबार जर्मन चान्सलर ओलाफ सुल्ट्जले रुसको तेल र ग्यासमा ठूलो मात्रामा प्रतिबन्ध लगाउने विचारलाई अस्वीकार गरेका छन् । 

उनले भनेका छन्, ‘युरोपले जानीजानी रुसी ऊर्जालाई प्रतिबन्धहरुबाट छुट दिएको थियो किनकि यो समयमा ऊर्जा आपूर्तिलाई अन्य तरिकाले बचाउन सकिँदैन ।’ युरोपका देशहरुलाई तेलभन्दा बढी ग्यास चाहिन्छ । युरोपेली युनियनले ६० प्रतिशत ग्यास आयात गर्दछ । जसमध्ये ४० प्रतिशत रुसबाट आउँछ ।

यदि रुसले युरोपलाई ग्यास आपूर्ति गर्न अस्वीकार गर्यो भने युरोपले ग्यास संकटको सामना गर्न सक्छ । यस्तो अवस्थामा युरोपले ग्यास प्राप्त गर्न अन्य उपाय खोज्नुपर्नेछ ।

युरोपेली देशहरुले अप्रिलमा तापक्रम बढेपछि जाडोमा प्रयोग गर्न सकिने गरी ग्यास भण्डारण गर्न थाल्छन् । यसको मतलब उनीहरूले ग्यासका लागि फरक स्रोत खोज्नुपर्नेछ ।

 विश्व बैंकले युक्रेनका लागि ७० करोड डलरबराबरको ऋण तथा अनुदान प्याकेज अनुमोदन गरेको छ।

उक्त रकम अस्पतालका कर्मचारीलाई तलब खुवाउन, वृद्धवृद्धालाई निवृत्तिभरण दिन र जोखिम समूहका मानिसका लागि सामाजिक कार्यक्रम सञ्चालन गर्न युक्रेनी सरकारलाई दिइने विश्व बैंकले जनाएको छ। 

३ बर्ष अगाडि

प्रतिक्रिया