सुनको मूल्य निरन्तर उकालो, प्रतितोला एक लाख ३ हजार पुग्यो

३ बर्ष अगाडि

काठमाडौं - आज पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो आइतबार प्रतितोला एक लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार प्रतितोला एक लाख ३ हजार रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

हिजो आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले बढेको हो । हिजो प्रतितोला २००० रुपैयाँले बढेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २ हजार ५०० रुपैयाँ रहेको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो आइतबार प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी आज सोमबार प्रतितोला १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४२५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।  

३ बर्ष अगाडि

प्रतिक्रिया