एजेन्सी - अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुसबाट तेल र प्राकृतिक ग्यास आयातमा प्रतिबन्ध लगाउने विषयमा अमेरिका र सहयोगी राष्ट्रहरूबीच वार्ता भइरहेको बताएका छन् ।
सीएनएनसँगको कुराकानीमा आइतबार अमेरिकी विदेशमन्त्री ब्लिन्केनका अनुसार राष्ट्रपति जो बाइडेनले अघिल्लो दिन यस विषयमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक गरेका थिए ।
गत फेब्रुअरी २४ मा रुसी सेनाले युक्रेनका डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र राज्यका रुपमा मान्यता दिएको थियो । त्यसको ३ दिनपछि रुसले युक्रेनमाथि सैन्य कारबाही सुरु गर्यो । त्यसपछि पश्चिमी देशहरूले रुसमाथि प्रतिबन्धहरू लगाएका छन् ।
रुसले युक्रेनमा लगातार आफ्नो आक्रमण गरिरहेको छ । जसका कारण रुसमाथि पश्चिमी देशहरू विशेषगरी अमेरिका र बेलायतले प्रतिबन्ध लगाएका छन् ।
प्रतिक्रिया