काठमाडौं- नेपाल राष्ट्र बैंकले सुन आयातको परिमाण आधा कटौती गरेको छ ।
केन्द्रीय बैंकले आइतबार एकीकृत परिपत्र–२०७८ मा संशोधन गर्दै सुन आयातको कोटा दैनिक १० किलोग्राममा झरेको हो । राष्ट्र बैंकले यसअघि दैनिक २० किलो सुन आयात गर्न पाउने व्यवस्था गरेको थियो।
पछिल्लो समय सुनको आयात बढ्दै गएको छ। मूल्य बढ्दा पनि आयातमा सुनको हिस्सा बढ्दै गएको छ। यसै कारण केन्द्रीय बैंकले सुनको आयातमा कडाई थालेको हो।
यसअघि केन्द्रीय बैंकले चाँदीको आयातमा पनि कडाई गरेको थियो।
प्रतिक्रिया