यो साता नेपाली बजार सुनको मूल्य ३३०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं - यो साता नेपाली बजार सुनको मूल्य ३३०० रुपैयाँले बढेको छ । 

गत आइतबार प्रतितोला ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य हिजो शुक्रबारसम्म आइपुग्दा ९९ हजार ९०० रुपैयाँ पुगेको सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । अहिले पनि सोही मूल्यमा कारोबार भइरहेको  छ । 

गत आइतबारदेखि हिजो शुक्रबार सम्म आइपुग्दा सुनको मूल्य प्रतितोला ३३०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार अहिले तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ४०० रुपैयाँ रहेको छ ।

यस्तै चाँदी प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया