काठमाडौं- नेपाल आयल निगमले हप्तैपिछे इन्धनको मूल्य बढाउन थालेपछि यातायात व्यवसायी आक्रोशित बनेका छन । आज (शुक्रबार)देखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल, मट्टितेलमा ५ रुपैयाँ मूल्य वृद्धि गरेपछि यातायात व्यवसायीहरुले आफुखुसी भाडा बढाउने चेतावनी दिएका हुन ।
नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले एक विज्ञप्ती जारी गर्दै कोरोना कहरको चपेटामा परेका आम यातायात व्यवसायीहरुले बैंक व्याज किस्ता बुझाउन नसकेको अवस्थामा पेट्रोलियम पद्धार्थको प्रत्यक्ष उपभोग गर्ने यातायात व्यवसायीहरु र उपभोक्तालाई समेत प्रत्यक्ष असर गरेको जनाएको हो ।
महासंघले पटक पटक मूल्य वृद्धि तत्काल फिर्ता लिनको लागि आयल निगममा पत्राचार गरिएता पनि निरन्तर इन्धनको मूल्य बढाइरहेको बताएको छ ।
इन्धनको मूल्य वृद्धि फिर्तामहासंघले मुल्य वृद्धि तत्काल फिर्ता लिन समेत अनुरोध गरेको छ । ‘मुल्य वृद्धि फिर्ता नलिएको सम्वन्धमा छलफल गर्दा सो मूल्य वृद्धि मिति फागुन २५ गते भित्र तत्काल फिर्ता लिनको लागि नेपाल आयल निगम समक्ष पुनः अनुरोध गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ‘यदि नेपाल सरकारबाट सो मूल्य वृद्धि तत्काल फिर्ता नलिएमा र भाडा समायोजन नगरिएमा हाल वृद्धि भए गरिएको मूल्य वृद्धिको आधारमा यस महासंघबाट वाध्य भइ भाडा समायोजन गर्न बाध्य हुने छौं।’

प्रतिक्रिया