नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ९९९००, आज कतिले बढ्यो ?

३ बर्ष अगाडि

काठमाडौं - आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो विहिबार प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार प्रतितोला ९९ हजार ९०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

हिजो विहिबारको तुलनामा आज शुक्रबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेको हो । हिजो प्रतितोला ५०० रुपैयाँले घटेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ४०० रुपैयाँ रहेको छ ।

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो विहिबार प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी आज शुक्रबार पनि प्रतितोला सोही मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ 

३ बर्ष अगाडि

प्रतिक्रिया