९३ रुपैयाँमा किनेको पेट्रोल १५० मा बेच्दा निगमलाई प्रतिलिटर १६ रुपैयाँ नोक्सानी

३ बर्ष अगाडि

काठमाडौं - पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । बिहीबार बसेको  नेपाल आयल निगम सञ्चालक समितिको  बैठकले बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको हो । 

यो सँगै पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ तय गरिएको । पेट्रोलियम पदार्थको यो मूल्य नेपालको इतिहासकै उच्च मूल्य भएको छ । आईओसीबाट ९३ रुपैयाँ ७६ पैसामा खरिद गरेको पेट्रोलमा ५९ रुपैयाँ ४८ पैसा र ९४ रुपैयाँ १२ पैसामा खरिद भएको डिजेलमा ४२ रुपैयाँ १६ पैसा कर लाग्छ । 

त्यस्तै ८८ रुपैयाँ ८३ पैसामा किनिएको मट्टीतेलमा १३ रुपैयाँ ३६ पैसा र १६४१ रुपैयाँ २३ पैसामा खरिद गरेको ग्यासमा २८० रुपैयाँ ३० पैसा कर लाग्ने गरेको छ । त्यसबाहेक निगमको खर्च, ढुवानी भाडा, पेट्रोलियम विक्रेता खर्च र मुनाफासहित जोडेर बिक्री मूल्य तय हुन्छ ।

यसरी ९३ रुपैयाँमा किनिएको पेट्रोलमा सरकारले मात्र ५९ रुपैयाँ कर लिने गर्दछ । ९३ रुपैयाँमा किनेको पेट्रोल १५० रुपैयाँमा बेच्दासमेत आयल निगमलाई पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ नोक्सानी हुने निगमले जनाएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया