काठमाडौं - बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कबाट रु चार करोडको सुन्तला निकासी भएको छ ।
पुरै गाउँबाट दुई लाख ८६ हजार किलोग्राम सुन्तला निकासी भएको बाँसखर्कका कृषक आबद्ध बजारमारे सुन्तला कृषि सहकारी संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष जगतबहादुर खत्रीले यसपाली प्रतिकिलो रु १४० का दरले रु चार करोड मूल्य बराबरको सुन्तला निकासी भएको जानकारी दिए ।
“गत वर्षकोभन्दा २० देखि २५ प्रतिशतले उत्पादन बढ्यो”, उनले भने, “भाउ पनि राम्रो पाइयो ।” उनका अनुसार बाँसखर्कमा बसोबास गर्ने २६१ मध्ये २०० घरले २५ हजार बोट सुन्तलाखेती गरेका छन् । सडक सुविधासँगै सुन्तलाले सहजरुपमा बजार र उचित मूल्य पाउन थालेपछि सुन्तलाखेती विस्तारमा लागेका हुन् ।
एक कृषकले वर्षमा रु १५ लाखसम्मको सुन्तला बेचेर आम्दानी गर्छन् । मकै, कोदो खेती हुने पाखोबारी र खरबारीमा सुन्तलाखेती गरेका छन् । कृषक रुद्रबहादुर खत्रीले यसपाली रु आठ लाख मूल्य बराबरको सुन्तला बिक्री गरेको बताए । “
प्रतिक्रिया