काठमाडौं - आज बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो बुधबार प्रतितोला ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज विहिबार प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
हिजो बुधबारको तुलनामा आज विहिबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको हो । हिजो प्रतितोला १९०० रुपैयाँले बढेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ५०० रुपैयाँ रहेको छ ।
यस्तै चाँदीको मूल्य भने बढेको छ । हिजो बुधबार प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भएको चाँदी आज विहिबार प्रतितोला ४ रुपैयाँले बढेर प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रतिक्रिया